अहिलेको आधुनिक समाजमा युवा पुस्तालाई तिमीहरुको रुचीको बिषयवस्तु के हो भनेर सोध्ने हो भने हामीले कल्पना गरे जस्तो मनोरञ्जन, स्वतन्त्र जिवनशैली, सोसलमिडिया, मोबाईलमा खेलिने खेल, फिल्म वा सिरिजकोबारेमा कुरा गर्छन होला भन्ने लाग्छ । तर उनीहरु हाम्रो सोच भन्दा एक कदम माथि उठेर समाजको बनोट भित्र रहेका असमानता, रुढीवादी, परम्परावादी सोच, एकले अर्कोलाई गर्ने अमानविय व्यवहार, जातीय, वर्गिय, क्षेत्रीय, भाषिक विभेद, अन्याय, अत्याचार जस्ता कुराहरु संग एकदमै नजिक छन् भन्ने कुरा उनीहरु संगको सामिप्यताबाट थाहा पाउन सकिन्छ ।
बिद्यालयस्तरमा पढ्ने करिब १२ बर्ष देखि १७ बर्ष उमेर समुहका भाईबैनीहरु जसले आप्mनो पढाईको साथसाथै बिद्यालयस्तरमा हुने अतिरिक्त क्रियाकलापहरुमा भाग लिदै समाजमा रहेका विभेद, विसंगती, कुरीति विरुद्धमा कविता, चित्रकला, हाजिर जबाफ, नाटक जस्ता कलाका विधिहरु प्रयोग गरेर आप्mनो धारणा दिईरहेको पाउन सकिन्छ । उनीहरुले कलाको माध्ययमले व्यक्त गर्ने बिचारबाट हामी के कुरा बुझ्न सक्र्छौ भने उनीहरुले आप्mनो परिवार तथा समाजलाई राम्रो संग बुझेका छन्, पढेका छन् ।
शान्तिका लागि कला (म्याप) कार्यक्रम संचालन भएका तीन जिल्लाहरु मध्ये कञ्चनपुरको दोधारा चाँदनीमा रहेको जनज्योती माध्यामिक बिद्यालय र पाल्पा जिल्लाको तानसेन नगरपालिका भित्र रहेका मोहनकन्या माध्यामिक बिद्यालय, भुषलडाडा माध्यामिक बिद्यालय र जनप्रिय माध्यामिक बिद्यालयका कक्षा ७ देखि १० कक्षा सम्म पढ्ने भाईबैनीहरु म्यापले संचालन गरेको दुईदिने कार्यशालामा भाग लिईरहदा उनीहरुले भिडियोग्राफीको कार्यशालामा माथि उजागर गरिए जस्तै परिवार तथा समाजभित्र रहेका विभिन्न सामाजिक विभेद, गलत मुल्यमान्यता, परम्परागत संस्कृतिको नाममा हुने विसंगतीको बारेमा मुद्धाहरु उठाएका छन् । कार्यशालाका सहभागीहरु मध्य सबैको बिचार उनीहरु बसोबास गर्ने ठाउँ, खेल खेल्ने ठाउँ, आफन्तहरुकोमा जाने आउने गर्दा, छोरीहरु प्रति गरिने लैगिंक भेदभाव, महिला माथि हुने शारीरिक, मानसिक र यौन हिंसा, बाल विवाह, सामाजिक कुरीतिको रुपमा रहेको छुवाछुतको समस्या, आत्महत्या, जातीय, भाषिक, क्षेत्रीय, लैगिंक, धार्मिक विभेद, गरिवी, पहिलो पटक महिनावारी हुदा परिवारका कुनै पनि पुरुष सदस्यहरुलाई हेर्न समेत नदिएर छुट्टै एउटा अध्यारो कोठामा बस्नुपर्ने समस्या, बाटोमा हिड्ने सवारीसाधनहरुका चालकहरुको असावधानीले गर्दा बालकालिकाहरु दुर्घटनामा परेका समस्या, गरिवीकै कारण बालबालिकाहरुले पढ्न र स्वास्थ्य उपचार नपाएका समस्याहरुको बारेमा खुलेर कुरा गरेका छन् । आप्ना कुराहरु राख्दा उनीहरुलाई यस्तो लाग्छ यसरी खुलेर आफुले भोगेका र देखेका कुराहरु कहिल्यै कसैसंग गर्न पाईरहेका छैनन् । यो एउटा मौका हो मैले आप्mनो समाजमा भएका यी कुरीति र कुसंस्कारको बारेमा निर्धक्क भएर कुरा राख्न सक्छु । एउटाले एउटा बिषयको बारेमा कुरा राख्न नपाई अर्कोले अर्को बिषय उठाउन गरिहाल्छ । उनीहरुले उठाएका बिषयबस्तुहरु मुलतः उनीहरुको भोगाई संग सम्बन्धित नै हुन्छन् ।
कार्यशालाका सहभागीहरुले कार्यशाला सकिदा सम्म एउटा भिडियो बनाउनुपर्ने हुन्छ । तर सबै सहभागीहरुलाई आआप्mनै मुद्धाहरु महत्वपूर्ण छन् भन्ने लाग्छ । तर छोटो समयभित्र एउटा सचेतना वा कुनै सन्देश दिने भिडियो बनाउनको लागि कसरी उपयुक्त बिषय छनौट गर्ने भन्ने बारेमा सहभागीहरुले छलफलको क्रममा उठेका मुद्धाहरु मध्य कुन बिषय सबैभन्दा बढि सान्दर्भिक र प्रभावकारी हुन्छ भन्ने बारेमा आफुहरु बीच छलफल गर्छन र सचेतनामुलक भिडियो बनाउनको लागि पाल्पा जिल्लाको भुषलडाडा, मोहनकन्या तथा जनप्रिय माध्यामिक बिद्यालयबाट सहभागीहरु मध्य एउटा समुहले छुवाछूत सम्बन्धी र चुरेमाई, जनप्रिय माध्यामिक बिद्यालय मकवानपुरबाट सहभागीहरु मध्य एउटा समुहले युवतीहरुले महिनावारी हुदा परिवाबाट हुने विभेदको बारेमा भिडियो निर्माण गर्ने सहमतिमा पुग्छन् ।
खासगरी युवती÷महिलाहरुले महिनावारीको बेलामा कम्तिमा ४ दिन सम्म परिवारका अन्य सदस्यहरुबाट अलग भएर बस्नुपर्ने, परिवारको कुनै चिज छुन नपाईने, किचन तथा पुजा कोठामा जान नपाईने, परिवारका अरु सदस्यहरुले पानी समेत छोएको खान नहुने, एउटा अध्यारो कोठामा एक्लै बस्नु पर्ने जस्ता असमान र विभेदकारी अन्याय व्यहोर्नु परिरहेको कुरालाई आप्mनो फिल्म मार्फत उठान गर्ने प्रयास गरेका छन् । त्यसै गरी नेपाली समाजमा सयौं बर्ष देखि छुवाछूतको नाममा कुल जनसंख्याको करिब १३ प्रतिशत संख्या ओगटेको दलित समुदायहरुमाथि सो कल्ड उच्च जातिहरुले सार्वजनिक ठाउँमा प्रबेश नदिने, मन्दिर, पानीको धारा तथा कुवा छुन नहुने, राज्यद्धारा प्रदान गरिने सेवासुविधामा विभेद गर्ने, शिक्षा, स्वास्थ्यमा उनीहरुको सहजै पहुँच नहुने, राज्यले निर्धारण गरेका नीति नियमहरु पनि प्रभावकारी ढंगले कार्यान्वयन नहुने जस्ता कारण एउटै देशका नागरिकहरु पनि दोश्रो दर्जाको नागरिक सरह जिवन जिउन बाध्यहुनु पर्ने अमानविय व्यवहार तथा प्रचलनलाई आप्mनो भिडियोको माध्यमबाट देखाउने प्रयास गरेका छन् ।
समग्रमा हाम्रो समाजमा अझै पनि परम्परा वा संस्कृतीको नाममा थुप्रै खालका असमान, अव्यवहारिक र अमानविय प्रचलनहरु रहेका छन् त्यसको निवारणको लागि राज्यले एउटा ठोस नीति तथा योजना निर्माण गरी ठोस कदम चाल्नुपर्छ । त्यसको साथै समाजमा रहेका हरेक तह र तप्काका व्यक्ति तथा समुहहरुले हाम्रो समाजमा कलंकको रुपमा रहेका धेरै परम्परागत रीति रिवाजहरुलाई परिवर्तनको लागि पहल गर्नुपर्छ अनि मात्र एक समातामुलक समाज निर्माणको दिशामा अगाडि बढ्न सकिन्छ ।
नोटः उक्त भिडियोग्राफ्री कार्यशालाबाट सहभागीहरुले जम्मा ११ वटा जनचेतनामुलक भिडियो निर्माण गरेका छन् । तर यहाँ दुईवटा बिषयबस्तुलाई उदारहणको रुपमा प्रस्तुत गरिएको छ ।