कोभिड १९ को संक्रमणले मान्छेहरुको दैनिकी फेरिएका छन् । बिहान देखि राती सम्मै दौडधुप गर्ने हाम्रा आनीबानी घरभित्रै सिमित भएका छन् । यो बिचमा कतिले परिवार गुमाएका छौ, कतिले आफन्त त कतिले साथीभाई तर पनि जिवनलाई चलाएमान बनाउन हामीले गरिरहेका कामहरुको निरन्तरता कसरी दिने भन्ने पिरलो सबैमा उत्तिकै छ ।
“शान्तिको लागि कला” हामीले विगत एकबर्ष देखि नेपालमा संचालन गरिरहेको एक अनुसन्धानमुलक कार्यक्रम हो । यसमा खासगरी कलाका विभिन्न विधिहरु प्रयोग गरेर बालबालिकाको क्षमता बिकास संगै हामीले गर्ने छलफल, अन्र्तक्रिया, अनुसन्धान तथा पैरवीहरुमा नाटक, देउडा, चित्रकला, भिडियो, कविता तथा दोहोरी गित मार्फत बढि प्रभावकारीता कसरी बढाउन सकिन्छ भन्ने एउटा अध्ययन हो ।
कोभिड १९ को संक्रमणको पहिलो र दोश्रो चरण गरेर हामी आँठ, नौ महिना घरभित्रै सिमित हुदा हामीले अनलाईन मार्फत हाम्रा कार्यक्रमहरुलाई निरन्तरता दिने प्रयास गर्र्यौ । शुरुका दिनमा यो कार्यक्रम निकै प्रभावकारी तथा रुचीको बिषय पनि बनेको थियो । तर नेपाल जस्तो भुबनोट भएको देश र सबै ठाउँमा इन्टरनेटको सहज पहँुच नभएको र अनलाईनका विभिन्न प्लेटफर्महरु प्रति सिमित ज्ञानले गर्दा हामीले सोचे जसरी हाम्रा लक्षित क्षेत्र तथा वर्गसम्म सहज रुपमा कार्यक्रमहरु संचालन गर्न अप्ठ्यारो स्थितिको सिर्जना हुन पुग्र्यो ।
बिद्यालयका भाईबैनीहरुको बीचमा डिभाईन बालक्लव मार्फत संचालन गरिएका कार्यक्रम चित्रकला, निबन्ध प्रतियोगिता, गित तथा कविता वाचन आदी र म्यापले संचालन गरेको दुईदिने मानसिक स्वास्थ्य सम्बन्धी कार्यशालामा सहभागीहरु भाईबैनीहरुको कार्यक्रमको बीच बीचमा बत्ति गईरहने, इन्टरनेट आउने जाने भईरहने, ईन्टरनेटको सुविधा नभएको ठाउँमा डाटाबाट जोडिदा नेटवर्कको समस्या देखापर्ने, भिडियो अन गर्दा इन्टरनेटको स्पिड नपुग्ने, स्मार्ट फोन मार्फत जोडिदा सबैलाई एकैपटक देख्न नसकिने, जुमको सहि प्रयोग गर्न नजान्दा म्युट अनम्युट भईरहने र डिस्टर्व आईरहेने, बोल्दा बोल्दै आवाज नआउने जस्ता समस्याहरु भोग्नु परेको थियो ।
अर्कोतर्फ सबै भाईबैनीहरुको पहुँचमा स्मार्ट फोन नहुनु, भएकाहरुमा पनि परिवारको अभिभावकले मात्र फोनको प्रयोग गर्नु, एउटै फोन संचारको रुपमा प्रयोग गर्ने की अनलाईन कक्षाहरुको लागि प्रयोग गर्ने भन्ने कुरा अर्को समस्याको रुपमा रहेको छ ।
कलाका यी विविध विधिहरु मार्फत विद्यालयस्तरका भाईबैनीहरुले आफुसंग भएका क्षमताहरुलाई फरक ढंगले प्रस्तुत गर्न, बालबालिकाहरुको बृहत्तरहितको लागि स्थानीय सरकार, विद्यालय प्रशासनहरु विभिन्न आप्mना मागहरु प्रस्तुत गर्न अग्रसर भएको पाईएको छ । तर भौतिक रुपमा उपस्थित भएर आप्mनो बिद्यालयको बालक्लव मार्फत कार्यक्रम संचालन गर्न कोभिडको कारणले उनीहरु असमर्थ भईरहेका छन् । कलाका केहि बिधिहरु सामुहिक रुपमा गर्नुपर्ने हुन्छ तर अनलाईन मार्फत गरिने सामुहिक कार्य इन्टरनेटको सहज पहुँच नहुँदा अप्ठ्यारो भईरहेको छ ।
यो जडिट अवस्थामा पनि म्याप संग प्रत्यक्ष रुपमा जोडिएका बिद्यालय, शिक्षक, फोकल शिक्षक, बालक्लबका भाईबैनी, नाटक, गीत संगित, चित्रकला, फिल्म आदी संग सम्बन्धित संघसंस्था तथा व्यक्ति तथा युवा, अनुसन्धानकर्ता, साईकोसोसियल काउन्सीलर संग सम्बन्धित व्यक्ति तथा संघसंस्थाहरुको यस कार्यक्रमलाई प्रभावकारी ढंगले कसरी अगाडि बढाउने भन्ने चासो र सहयोग अतुलनीय रहिरहेको छ ।