वृत्तचित्र निर्माण फेलोशिपका लागि आह्वान

मधेश प्रदेशका पत्रकार महिलाहरुलाई आह्वान

-यदि तपाईँ मधेश प्रदेशमा कार्यरत पत्रकार महिला हुनुहुन्छ भने

-यदि पत्रकारिता क्षेत्रमा तपाईँको अनुभव दुईदेखि पाँच वर्षसम्म छ भने

-यदि तपाईँ मधेशका सिमान्कृत समुदायका मुद्दा उठान गर्न चाहनुहुन्छ भने

-यदि तपाईँ वृतचित्र निर्माणमा इच्छुक हुनुहुन्छ भने

हामी तपाईँसँग काम गर्न इच्छुक छौँ ।

मानव अधिकार चलचित्र केन्द्र, काठमाडौँले मधेश प्रदेशका पत्रकार महिलाहरुका लागि वृत्तचित्र निर्माण प्रशिक्षण तथा फेलोशिप कार्यक्रमको सुरुवात गर्दैछ जसअन्तर्गत मधेश प्रदेशका सिमान्तकृत समुदायका मुद्दाहरुमा वृत्तचित्र निर्माण गर्न चलचित्र केन्द्रले दशजना पत्रकार महिलाहरुलाई प्रशिक्षण तथा फेलोशिप प्रदान गरिनेछ ।

प्रशिक्षण तथा फेलोशिपको अवधि ६ महिनाको हुनेछ ।

यदि तपाई इच्छुक हुनुहुन्छ भने मानव अधिकार चलचित्र केन्द्रको वेबसाइट मा रहेको फेलोशिप आवेदन फारम  भर्नुहोस् ।

 

कार्यादेश टिओआरको को लागि यहाँ क्लिक गर्नुहोस

 

आवेदन फाराम को लागि यहाँ क्लिक गर्नु होस

 
कृपया २०८० वैशाख २१ गते बिहिबार ५.०० बजेभित्र आवेदन फारम भर्नुहोला ।